प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालय तालाबन्दी गर्न पुगेका शिक्षकहरु पक्राउ



जनकपुरधाम,कार्तिक १९ –

प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

शिक्षण सेवाबाट मुक्त गरिएपछि आन्दोलनमा रहेका अस्थायी शिक्षकहरुले आफ्ना मागको सुनुवाइका लागि मंगलबार मुख्यमन्त्री कार्यालयमा नै तालाबन्दी गर्ने योजना बनाएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कुनै पनि कर्मचारीलाई भित्र प्रवेश गर्न नदिने गरी तालाबन्दी गर्न गएका उनीहरुलाई प्रहरीले कार्यालय परिसारबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहित छन् ।

पक्राउ परिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार  ७ : २५ बजे