मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘नेपाल भ्रमण बर्ष’ नारामा मात्रै सिमित नरहोस



काठ्माण्डौ-

२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले घोषणा गरेको भ्रमण बर्ष सुरु हुन अब दुई महिना मात्रै बाँकी छ ।

बिभिन्न औपचारिक कार्यक्रमका ब्यानरमा र सामाजिक सञ्जालमा भ्रमण बर्षको लोगो देखिन्छ तर,  नारा बाहेक ठोस कुनै पनि गतिविधि भ्रमण बर्षका लागि सञ्चालन भएका देखिदैनन ।  पर्यटक आकर्षण गर्ने, त्यसलाई प्रवद्र्धन गर्न कुनै पनि ठोस कार्यक्रम भने देखिएका छैनन ।

सरकारले २०२० मा नेपालमा २० लाख पर्यटक भित्रयाउने महत्वकांक्षी योजना सफल बनाउन दैनिक साढे ५ हजारदेखि ६ हजारको वरिपरी पर्यटक भित्र्याउनु पर्ने हुन्छ । त्यो लक्ष्य पूरा गर्न  त्यसको तयारी भने रहेको पाइँदैन ।सरकारले पर्यटन बर्षमा २०२० मा २० लाख पर्यटक भित्र्याउने हो भने पर्यटकहरुलाई लोभ्याउने गन्तव्य तय गरेर त्यसको प्रवद्र्धन गर्नुपर्ने पर्यटन ब्यबसायिहरुको मत छ । व्यवसायीहरुलेनै सरकारको तयारी कम नभएकोले लक्ष्य हासिल हुनेमा शंका व्यक्त गरिरहेका छन

नेपालमा आर्थिक बर्ष २०७५/७६ मा १२ लाख पर्यटक मात्रै नेपाल भित्रिएका थिए ।

यस बर्ष पर्यटकको सङ्ख्या त्यो भन्दा बढाउन औपचारिक कार्यक्रम र सामान्य प्रचार प्रसारले मात्रै सम्भब हुने देखिदैन ।पर्यटक थपिदा त्यसलाई धान्न सक्ने सडक, होटल, हावाइ यातायात लगायतका भौतिक पूर्वअधारको बिकास अघाडी बढाउनुपर्ने देखिन्छ ।

सगै हाल उपलब्ध रहेका सेवाहरुको प्रभाबकारिता बढाउदै ब्यबस्थित गर्न नसके नेपाल भ्रमण बर्ष मात्रै नारामा सिमित हुनसक्छ ।राजधानी वरपरकै सडकको दुरावस्था,शहर भित्रै थुप्रीएको फोहोर्, धुलो प्रदुशण, त्रिभुवन अन्तराष्ट्रीय बिमान्स्थलको अस्तब्यस्तता यथावत राखेर पर्यटकको सङ्ख्ता थप हुने देखिदैन ।

थपिए पनि नेपाल घुम्न आएका पाहुनाहरु सन्तुष्ट हुन सक्दैनन ,त्यसैले पर्यटक थप्न औपचारिक कार्यक्रम गर्ने भन्दा पनि देश भित्र उपलब्ध सेवाहरुलाई ब्यबस्थित गर्न सरकारको ध्यान जानुपर्ने देखिन्छ । सरकारले घोषणा गरेको  भ्रमण बर्ष सुरु हुन अबदुई महिना पनि बाँकी छैन, पर्यटन बर्ष कर्मकाण्डी जस्तो मात्रै नबनाउन सरकारले पर्याप्त ध्यान दिन जरुरी छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ०० बजे