पूर्व अर्थ राज्यमन्त्री एवम् उद्योगी ज्योतीको गिरफ्तारीप्रति चेम्बर अफ कमर्सको आपत्ति



काठ्माण्डौ-

ब्यापारिक घराना ज्योती समुहका रुप ज्योती र उनकी छोरी सुरुचीलाई सरकारले गरेको गिरफ्तारी प्रति नेपाल चेम्बर अफ कमर्सले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

लामो समयदेखि नेपालको औद्योगिकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका वरिष्ठ उद्योगपति तथा व्यवसायी रुप ज्योतीको गिरफ्तारी प्रति नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक कैलाशकुमार बजिमयले विज्ञप्ति जारी गर्दै जनाएका हुन् ।

बजिमयले विज्ञप्तिमा रुपज्योतीलाई पक्राउ गरिएकोमा निजी क्षेत्र मर्माहित भएको समेत उल्लेख गरेका छन् ।

गत वर्ष मंसिर २४ मा ज्योतिले दायर गरेको निषेधाज्ञासम्बन्धी रिट मंगलबार सर्वोच्च अदालतले खारेज गरिदिएसँगै २०७५ मंसिर २० मा काठमाडौं जिल्ला अदालतले दिएको पक्राउ अनुमति अनुसार भन दाई ज्योतिलाई प्रहरिले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : कार्तिक २२, २०७६ शुक्रबार  १ : ०९ बजे