मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टुँडिखेलको अतिक्रमण हुन नदिन नेता, कलाकार, सञ्चारकर्मी सबै एकठाउ



काठ्माण्डौ-

जनस्तरबाट सञ्चालित ‘अकुपाई टुँडिखेल’ अभियान खुलामञ्चमा सुरु भएको छ। अतिक्रमण भएको टुँडिखेलको संरक्षणको माग गर्दै सरकारलाई दबाब दिने उद्देश्यले अभियान सुरु भएको हो।

, अभियानमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता गगन थापा, पूर्व मन्त्रीहरु भिमसेनदास प्रधान र हिसिला यमी, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी, गायक योगेश्वर अमात्य, सञ्चारकर्मी रवि लामिछाने लगायत सेलिब्रेटी, शिक्षाविद् तथा सर्वसाधारणहरूको सहभागिता रहेको छ।

उनीहरूले ‘खुला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन्। खुलामञ्चमा भेला भएर अकुपाई टुँडिखेलको उद्घाटन गरेपछि संरक्षणको सन्देश दिन मानव साङ्लो बनाएर घेरिएको हो।

अकुपाई टुँडिखेल अन्तर्गत विभिन्न रचनात्मक कार्यक्रम तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरूले बताएका छन्।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ९ : ४८ बजे