व्यवसायी डा . रुप ज्योतिको पक्राउविरुद्ध माइतिघरमा विरोध प्रर्दशन



काठ्माण्डौ-

पूर्व अर्थ सहायक मन्त्री तथा व्यवसायी डा . रुप ज्योतिको पक्राउविरुद्ध आज माइतिघर मण्डलामा विरोध प्रर्दशन भएको छ।

विरोध प्रर्दशनमा राजधानीका विभिन्न व्यवसायीहरु उपस्थित भएका थिए। उदाय् समाज असनले आयोजना गरेको सो विरोध कार्यक्रममा उपस्थितहरुले ‘व्यवसायी ज्योति पक्राउ प्रकरण अन्यायपूर्ण रहेको’ भन्दै नारावाजी तथा प्ले कार्ड प्रदर्शन गरेका थिए।

राजधानीको बाँसबारीस्थित एक जग्गा विवादका कारण गत बिहिबार सिंगापुरबाट नेपाल फर्केलगत्तै ज्योतीलाई प्रहरीले विमानस्थलमा पक्राउ गरेको थियो। प्रहरीले शुक्रबार ज्योतीलाई म्याद थपका लागि जिल्ला अदालत पेश गरेको थियो। अदालतले अनुसन्धानका लागि ३ दिनको म्याद दिएको थियो ।

प्रकाशित मिति : कार्तिक २४, २०७६ आईतबार  ८ : ४२ बजे