काठमाडौँ –
गैह्र कानुनी रुपमा मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सहित पाँच जनालाई कारागार चलान गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतले पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।उनिहरुलाई यसअघी नक्कली व्यक्ति खडा गरेर मृगौला प्रत्यारोपण गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानकालागी पक्राउ गरेको थियो ।

अस्पतालका सिईओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आले कारागार चलान भएका हुन् ।










