अमेरिकामा बसोबास गर्दै आएका नेपाली बैज्ञानिक डा. सतिश चन्द्र झा पुरस्कृत



काठ्माण्डौ-

जनकपुर धनुषा देवदिहा घर भै हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता बैज्ञानिक डा सतिश चन्द्र झा ‘सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित भएका छन् ।

उनि इन्टेल सँस्थामा आबद्ध छन् भने उनलाई इन्टेल कर्पोरेसन(सँस्था)ले सम्मान गरेको हो । उनलाई उक्त पुरस्कार इन्टेलका प्रमुख कार्यकारी अधिकारी (सिईओ) बब स्वानले टप इन्भेन्टर २०१९ अवार्ड अर्थात् सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मान गरेका हुन् ।

यो पुरस्कार शीर्ष अन्वेषकहरूलाई दिइन्छ जसको योगदान आविष्कारहरूले नयाँ र उदाउदो प्रविधिहरूको विकासमा ठूलो प्रभाव पार्दछ । डा झा वायरलेस संचार संजाल (बेतार नेटवर्क)र टेक्नोलोजी(प्रविधि)को क्षेत्र भित्र विश्व स्तरका अन्वेषक र समस्या समाधानकर्ता हुन्

प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार  ११ : ४६ बजे