बंगलादेशमा जारी एसिसी इमर्जिङ कप क्रिकेटमा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित



मंसिर २ ,काठ्माण्डौ-

बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ ।

ढाकास्थित साभार क्रिकेट मैदानमा सोमबार भएको समूह चरणको खेलमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो ।नेपालले दिएको १३९ रनको लक्ष्यलाई बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो ।

यस जितसँगै लगातार तेस्रो जित निकालेको बंगलादेश समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यसअघि, बंगलादेशले हङकङ र भारतलाई पराजित गरेको थियो ।बंगलादेशको जितमा नजमोल हुसेनले सर्वाधिक ५९ रनको योगदान दिए । ५६ बल खेल्दै उनले दुई छक्का र ६ चौका प्रहार गर्दै अविजित ५९ रनको योगदान दिएका हुन् ।

त्यस्तै, बंगलादेशका अर्का ब्याट्सम्यान मोहमद्द नाइमले ४५, यसिर अलीले १८ तथा सोम्य सरकारले ११ रनको योगदान दिए ।

 

प्रकाशित मिति : मंसिर २, २०७६ सोमबार  ९ : २३ बजे