सुनको मुल्य फेरी बढ्न थाल्यो,कती पुग्यो तोलाको ?



काठ्माण्डौ-

बजारमा सुनको मूल्य फेरी बढ्न थालेको छ ।

आज ( मङ्गलबार्)सुनको मूल्य ४ सयले बढेको छ। मंगलबार सुन तोलामा ४ सयले बढेर ७२ हजार रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।तेजावी सुनको मूल्य ७१ हजार ७०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।

आज चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको ८५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार  ७ : ३८ बजे