मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेद्ब्यास र भानुभक्त जन्मथलो तनहुँ जिल्लाको नामाकरण बारेका दुइ रोचक किम्बदन्ती



न्यू सञ्चार , काठ्माण्डौ-

नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँ प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो । तनहुँमा ४ नगरपालिका र ६ गाउपालिका छन् ।

विविध जातजाति भेषभूषाले परिपूर्ण विभिन्न कोट, दरबार, मन्दिर, गुफा, ऋषिमुनिहरूका तपोकेन्द्रहरू सहितका अलङ्कारहरूले तनहुँको महत्व बढाएका छन । त्यसैगरी नेपाली साहित्यिक आकाशका उज्ज्वल नक्षत्रका रुपमा रहेका वन्दनीय महापुरुष आदिकवि भानुभक्त आचार्यको जन्मभूमिरकर्मभूमि, महर्षि पराशरको तपोभूमि तथा महाभारतका महा रचायिता महर्षि वेदव्यासको जन्मभूमिरकर्मभूमिका रुपमा समेत यस जिल्लाले प्रसिद्धि पाएको छ ।

ऐतिहासिक गाथा र गरिमामय इतिहास बोकेको यो जिल्लाको नामकरण सम्बन्धमा विभिन्न प्रकारका किम्बदन्ती रहे तापनि निम्न दुईलाई प्रमुख रुपमा लिइन्छ ।

१. तत्कालीन तनहुँ राज्यको राजधानी तनहुँसुर आसपासका एकैखालका तीनवटा चुचुराहरुलाई त्रितुङ्ग (संस्कृत त्रि.तीन, तुङ्ग .चुचुरा) नामकरण भई क्रमशः तनुङ्ग बनेको । यस भेकका कतिपय गाउँका नामहरू मानहुँ, किहुँ, काहुँ आदिको अन्त्यमा “हुँ” अक्षर आएकोले त्यस “तनहुँ” भएको हो ।

२. तनहुँको राजधानी तनहुँसुरमा सानो चिउँडो भएको तनुहुनु(संस्कृतः तनु . सानो र हुन . चिउँडो)  नाम गरेका ऋषिले तपस्या गरेकाले सो शब्दको अपभ्रंश भएर “तनहुँ” रहेको हो ।

नेपालमा एकीकरण हुनु पूर्व चौविसे राज्यहरू मध्ये जमिन, धन र जनशक्तिमा सम्पन्न तनहुँ राज्य वर्तमान चितवन जिल्लाका अतिरिक्त भारतको विहार राज्यको पश्चिमी चम्पारन जिल्ला अन्तरगत रामनगर तथा वेतियाको – भागसम्मू फैलिएको थियो ।

वि.स. १६१० देखि १८३९ सम्मको २३० वर्षे अवधिसम्म अस्तित्वमा रही पाल्पाली राजा मणिमुकुन्द सेनका वंशज ९ जना सेनवंशी राजाहरू क्रमशः भृङ्गीसेन, हम्विर तुला सेन, दामोदर सेन, दिग्विजय सेन, कामराजदन्त सेन, त्रिविक्रम सेन, कामरिदत्त सेन र हरकुमारदत्त सेन शासित तनहुँ राज्य श्री ५ रणबहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको शासनकालको एकीकरण अभियानमा नेपाल अधिराज्यमा गाभिएको हो ।

नेपालको मध्यवर्ती भागमा पर्ने यो जिल्ला पूर्वमा गोरखा र चितवन, दक्षिणमा चितवन, नवलपरासी र पश्चिममा स्याङ्गजा र कास्की तथा उत्तरमा कास्की र लमजुङ्ग जिल्लाहरुरहेका छन । हिमालय पर्वतबाट निस्केका मर्स्याङ्गदी र त्रिशूली  मादी र सेती नदीहरू  जिल्लालाई जल सम्पदामा समेत धनी बनाएका छन् ।

 

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : ५५ बजे