काठमाडौं –
साताभर नै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६७ कम्पनीको ५५ लाख २० हजार ८२२ कित्ता शेयर रु एक अर्ब ५७ करोड २८ लाख ७३ हजार ४९५ मूल्यमा खरीद बिक्री भए । बजार उतार चढावपूर्ण रहँदा कारोवार रकमसमेत प्रभावित भए ।
साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४।५९ विन्दुले घटेर एक हजार १३१।३६ विन्दुमा झर्यो । पहिलो दिन नेप्से आरोलो लागे पनि कारोबार रकममा भने वृद्धि भयो । कूल १६३ कम्पनीको ११ लाख ६७ हजार ६०५ कित्ता शेयर ३५ करोड ५१ लाख ५९ हजार ७६८ मूल्यमा खरीद बिक्री भए ।
दोस्रो दिन सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घट्यो । सो दिन नेप्से ०।२४ विन्दुले घटेर एक हजार १३१।१२ विन्दुमा पुग्यो । कूल १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता शेयर रु ३५ करोड ६८ लाख ६१ हजार ८५७ मूल्यमा खरीद बिक्री भए ।
मङ्गलबार पनि नेप्से परिसूचक ओरालो लाग्यो ।
सो दिन नेप्से १।१४ विन्दुले घटेर एक हजार १२९।९९ विन्दुमा कायम भयो । कूल १५३ कम्पनीको १० लाख १६ हजार ४० कित्ता शेयर रु २५ करोड ९३ लाख ३० हजार ५९५ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।
बुधबार पनि नेप्से ओरालो लाग्यो ।
सो दिन नेप्से परिसूचक १।६५ अङ्कले घटेर एक हजार १२८।३४ मा पुग्यो । कूल १६५ कम्पनीका १० लाख ९७ हजार ९२० कित्ता शेयर रु तीस करोड ३७ लाख २४ हजार २०४ मा खरीद बिक्री भए ।
साताको अन्तिम दिन नेप्से परिसूचक ७।७४ विन्दुले घटेर एक हजार १२०।६० विन्दुमा पुग्यो ।
नेप्से ओरोलो लागे पनि कारोबार रकम भने औसतमा सीमित भयो । कूल १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर रु २९ करोड ७७ लाख ९७ हजार ७१ मूल्यमा खरीद बिक्री भए । रासस










