काठमाडौँ –
आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
साताको अन्तिम दिन तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य ७१ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको महासंघको भनाइ छ।सुनको भाउ थोरै घटे पनि बिबाहको सिजन शुरु भएकोले कारोबार राम्रै हुन सक्ने व्यवसायीहरुको आकलन छ । सुनको मुल्य घटबढ्लाई सामान्य नै मान्ने गरिएको छ ।
यस्तै चाँदी आइतबार तोलामा रु ५ घटेर तोलामा ८५५ रुपैयाँमा मा कारोबार भएको छ ।










