न्यू सञ्चार, काठ्माण्डौ,
पछिल्लो समय प्याजको बजार भाउ लगातार बढ्न थालेपछी उपभोक्ता मारमा परेका छन भने भान्साबाट प्याज नै गायब हुन थालेको छ । भारतले प्याजको निर्यात बन्द गरेपछि नेपालको बजारमा त्यसको असर स्वरुप प्याजको मुल्य आकासिदै गएको हो ।
यसै बिच प्याज कालिमाटी थोक बजारमै अधिकतम प्रतिकेजी २ सय रुपैयाँ पुगेको छ। केही दिनदेखि थोक बजारमा अधिकतम प्रतिकेजी १ सय ८० रुपैयाँका बिक्री भइरहेको प्याज मंगलबार प्रतिकेजी २० रुपैयाँ बढेर २ सय रुपैयाँ पुगेको हो।
थोक बजारमा अधिकतम प्रतिकेजी २ सय रुपैयाँमा कारोबार भएको प्याज खुद्रा बजारमा भने २ सय २० देखि २ सय ३० रुपैयाँसम्ममा कारोबार भइरहेको छ। कालिकाटी तरकारी बजार विकास समितिका अनुसार आज प्याजको मूल्य औसतमा प्रतिकेजी १ सय ९२ रुपैयाँ र न्यूनतम १ सय ८० रुपैयाँका कारोबार भइरहेको छ।
सम्बन्धित समाचार –










