मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्याज काट्दा किन आउछ आसु ?



न्यू सञ्चार, काठमाडौं

तरकारीका रुपमा विश्वभर नै बढि प्रयोग गरिने तरकारी मध्ये प्याज पनि एक हो ।

प्याज काट्दा आसु नआउने मानिस विरलै होलान तर यो काट्दा किन आशु आउछ त ?

वैज्ञानिकहरुका अनुसार प्याजमा एक प्रकारको नप्रोपेथिएल नामक रसायन हुन्छ जसले हाम्रो आँखामा रहेको लेक्राईमल ग्ल्यान्डलाई उत्तेजित बनाउँछ जसका कारण प्याँज काट्दा आँखाबाट आँखामा बहन थाल्दछ ।गुणको कारक एलिनस नामक एक इन्जाईमलाई मान्थे तर प्याजमा रहेको लेक्राइमेट्री फ्याक्टर सिन्थेस नामक रसायनका कारण यसो हुने हालै गरिएको एक अनुसन्धानले प्रस्ट्याएको छ । जसका कारण प्याँज काट्दा हाम्रो आँखा पोल्ने हुदा आँशु आउने गर्दछ ।

प्याजको प्रत्येक पत्रमा एमिनो एसिड मात्र होइन, सल्फेनिक एसिड पनि हुन्छ । त्यसैले प्याज काट्ने समयमा यी दुवै एसिड मिल्छन् । यी दुई एसिड मिल्दा सल्फर ग्यास बन्छ । यो ग्यास हाम्रो आँखामा पुग्छ । त्यहाँको पानीसँग मिल्दा अर्को एसिड बन्छ– सल्फर । त्यही सल्फर एसिडका कारण प्याज काट्दा हाम्रो आँखाबाट आँसु आउने हो ।

खुर्सानी वा पिरो खाँदा पसिना –

हामीले खुर्सानी वा पिरो खाँदा खुर्सानीमा हुने ’क्याप्सिकन‘ पनि खान्छौँ । यो एउटा त्यस्तो तत्व हो जसले हाम्रो मस्तिष्कलाई ‘ओभरहिट’को सिग्नल पठाउँछ । बढी तापक्रमको सूचना पाएपछि मस्तिष्कले लाखौँ ‘ग्ल्यान्ड्स’ सक्रिय बनाएर पसिना निकाल्छ ।

यसरी पसिना आउनुको एउटै कारण हो– शरीरको तापक्रम स्थिर बनाउनु । हाच्छ्युँ गर्दा आँखा बन्द :- हाम्रो आँखा र नाक ’क्य्रानिएल’ नशासँग जोडिएको हुन्छ ।

जब हामीलाई हाच्छ्युँ आउँछ, हाम्रो फोक्सोबाट अत्यन्त द्रूत गति र प्रेसरमा हावा बाहिर निस्कन्छ । यही समयमा मस्तिष्कले हाम्रो अनुहारका नशाहरूलाई खिच्ने सन्देश पठाउँछ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : ४८ बजे