काठमाडौं-
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको खेलमा नेपाल भारतसँग पराजित भएको हो । पहिलो सेटमा केही राम्रो खेलेको नेपाल त्यसपछिका दुई सेटमा भने निकै कमजोर देखियो।
उपाधि दाबेदार भारतविरुद्ध नेपालले पहिलो सेट २६–२४ को गुमाएको थियो । तर, दोस्रो र अन्तिम सेटमा भने नेपाल भारतसँग सहजै पराजित भयो ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको शनिबार औपचारिक उद्घाटन हुने भए पनि खेल प्रतियोगिता भने शुरु भइ सकेका छन ।










