मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरका मेयर चिरिबाबु महर्जनले आफ्नै ३३ वर्ष पुरानो साइकल चढेर गरे साइकल सिटी कार्यक्रमको शुभारम्भ



न्यू सञ्चार , ललितपुर –

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साइकल चढेर ‘साइकल सिटी कार्यक्रम’ को शुभारम्भ गरेका छन्।

शनिबार एक कार्यक्रम आयोजना गरी मेयर महर्जनले उनको आफ्नै ३३ वर्ष पुरानो साइकल चढेर साइकल सिटी कार्यक्रम को उद्घाटन गरेका हुन ।।

साइकल प्रवर्द्धनका लागि भनेर गतवर्ष महानगरले छुट्याएको ५० लाख बजेट अन्तर्गत कुपण्डोलबाट साइकल लेनको निर्माण सुरु भएको हो। पहिलो चरणमा कुपण्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल हुँदै पाटन दरबार स्क्वायर सम्म साइकल लेन बनाउन महानगरले जनाएको छ।अर्को रुट पुल्चोकदेखि पाटन दरबारसम्म पुग्नेछ।

साइकल सिटी कार्यक्रमको उद्घाटनका क्रममा पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणबाट कुपण्डोलसम्म उनले साइकलमा यात्रा गरे। ‘३३ वर्ष पहिला रानीपोखरी छेउको पसलबाट किनेर ल्याएको थिएँ’ साइकल किनेको सम्झना गर्दै महर्जनले भने ‘अझै राम्रोसँग चलिरहेको छ।’ अझै पनि बेलाबेलामा साइकल यात्रा गर्ने गरेको उनले बताए।

पछिल्लो समय शहर भित्रको यात्रामा साइकललाई प्रबर्धन गर्ने निती महानगरले लिएको छ ।साइकलालाइ बाताबरण मैत्री र कम खर्चिलो सवारिसाधन मानिन्छ ।

साइकल चढ्दा स्वास्थलाई समेत फाइदा पुग्ने बताइन्छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ९ : १९ बजे