तेक्वान्दोमा भारतका राहुललाइ हराउदै कमल श्रेष्ठले जिते स्वर्ण पदक



काठमाडौं –

१३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक जितेका छन ।

पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा उनले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । कमलले ८।२७० अङ्क ल्याउँदै स्वर्ण जितेका हुन । पराजित भारतका राहुलले ८।२०० अङ्क ल्याएका थिए ।

सोही स्पर्धामा श्रीलङकाका निसाशङ्कासे आसिङ्गेले कास्य पदक हात पारे। उनले ८.०६० अङ्क प्राप्त गरेका थिए ।

त्यसअघि कृष्णबहादुर तामाङले तेक्वान्दोको १७ देखि २३ वर्ष उमेर समूहमा रजत पदक हात पारे। उनले श्रीलङ्काको रौनुका प्रभातसँग पराजित हुर्दै रजत पदकमा चित्त बुझाएका हुन् ।

प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार  ७ : ४५ बजे