१३ औं साग : १५ स्वर्णसहित नेपाल शीर्ष स्थानमा



काठमाडौं-

नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा  १५ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा छ। नेपालले २ काश्य र ४ रजतसहित कुल २१ पदक जितेको छ।

दोस्रो स्थानमा भारत छ। भारतले २ स्वर्ण, ६ काश्य र ३ रतसहित ११ पदक जितेको छ। भारत पदक तालिकाको दोस्रो स्थानमा छ।

यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले २ स्वर्ण, ४ काश्य र ९ रजतसहित १३ पदक जितेको छ। यस्तै चौथो स्थानको पाकिस्तानले एक स्वर्ण, ३ काश्य र ३ रतसहित ७ पदक जित्दा पाँचौं स्थानको बांगलादेशले १ स्वर्ण र १० रजतसहित ११ पदक जिनतेको छ।

छैटौं स्थानको भुटानले एक मात्र रजत पदक जितेको छ।

माल्दिभ्सले भने पदकको खाता खोल्न सकेको छैन।

 

प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार  १ : ५६ बजे