न्यू सञ्चार,काठ्माण्डौ-
करातेमा मङ्गलवार अपरान्ह थप एक स्वर्ण जितेपछि नेपालको १३औँ दक्षिण एशियाली खेलकुद सागमा कुल स्वर्ण पदक सङ्ख्या २१ पुगेको छ।
एथलेटिक्समा महिलाहरूको १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले ३५ मिनेट ७ .९४ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण जितेकी छिन । ।नेपाली महिला एथलेटिक्समा दक्षिण एशियाली स्तरको स्वर्ण पदक नेपालले पहिलो पटक जितेको हो।
उनी भारतकी कविता यादवभन्दा मिलिसेकेन्डले मात्रै अगाडि रहेकी थिइन्।
कुमितेतर्फ ६८ केजी तौल समूहको फाइनलमा सुनिता महर्जनले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।
सो पदक नेपालले मङ्गलवार जितेको छैटौँ स्वर्ण पदक हो।
यस सगै नेपालले जितेको कुल स्वर्ण पदक सङ्ख्या २१ पुगेको छ ।










