काठमाडौँ –
पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य एकाएक ह्वात्तै बढेको छ । आज नेपाली बजारमा सुन तोलाको रु ८०० ले वृद्धि भएर कारोबार भएको नेपाल सुन चादी ब्यबसायी महासङ्घले जनाएको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरेको छ ।
आइतबार प्रतितोला रु ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार रु ७१ हजार ४०० मा कारोवार भएको थियो ।
महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ९०० निर्धारण गरेको छ ।
आइतबार रु ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला रु ७१ हजार १०० मा खरिदबिक्री भएको थियो ।
सोमबार र मङ्गलबार प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला रु ८६५ पुगेको छ ।










