काठमाडौँ –
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेटमा बिहीबार नेपालले भुटानलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको विशाल अन्तरले पराजित गरेको हो ।नेपालले दिएको २३७ रनको लक्ष्य पच्छ्याएको भुटानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सकेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तीन विकेटको क्षतिमा २ सय ३६ रनको विशाल योगफल तयार पारेको थियो । अन्तर्राष्ट्रिय टी–२० म्याचमा यो १८ औँ उच्च स्कोर हो । जवाफी ब्याटिङमा उत्रिएको भुटानले ६ विकेटको क्षतिमा ९५ रनमात्र बनाउन सक्यो ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल नायक रहे । मल्लले शतक प्रहार गरे । मल्लले ५५ बलमा १०७ रन बनाए । उनले ५ चौका र ९ छक्का प्रहार गरे । पारस खड्काले २८ बलमा ५७ रन बनाए । उनले ९ चौका र १ छक्का प्रहार गरे ।
उनले शतकीय पारी खेल्दै ५५ बलमा १०७ रन बनाए । विस्फोटक ब्याटिङ गर्नेक्रममा उनले ९ छक्का र ५ चौका प्रहार गरे ।










