१३औं साग : एकल पौडीमा भारतलाई हराउँदै नेपालकी गौरीकाले जितिन् स्वर्ण



काठमाडौँ, –

१३औं दक्षिण एसियाली खेलकुद () मा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन्।

उनले २ सय मिटर फ्रीस्टायलमा भारतकी सुभांगी सिंह पछि पार्दै स्वर्ण हात पारेकी हुन् ।

उनले २ मिनेट ०५।०६ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्।

यो स्पर्धामा श्रीलंकाकी गंगा सेन तेस्रो भइन्। यो सहित नेपालको ३३ स्वर्ण पुगेको छ।

पदक तालिकाको पहिलो स्थानमा भारत छ भने नेपाल दोश्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार  ११ : ३४ बजे