जनकपुरधाम –
जनकपुरमा ‘व्यक्तित्व विकास एवं आत्मरक्षा शिविर’ विहीबारदेखि सुरु भएको छ ।
जनकपुरधाम स्थित वृहत्तर जनकपुर क्षेत्र विकाष परिषदको नव निर्मित सभा हलमा शिविरमा वृहत्तरका अध्यक्ष तथा पतंजलि योग पीठ नेपालका ट्रस्टी समेत रहेका शालिग्राम सिंहले व्यक्तित्व विकाष र आत्मरक्षाको लागि योग र योगा आवश्यक रहेको बताए ।
नित्य दिन योग गर्न आग्रह गर्दै सिंहले भने, ‘नित्य योग गर्नाले रोग समेत भाग्नेछ ।’
पतंजलिका युवा संगठन युवा नेपाल समिति प्रदेश नं २ का संयोजक मोहन पांडेयको अध्यक्षतामा सुरु भएको शिविर सात दिन सम्म चलने अध्यक्ष सिंहले स्पष्ट पारे ।
प्रमुख अतिथिको रुपमा बोल्दै वृहत्तरका अध्यक्ष सिंहले जीवन बाच्न समेत योग अपरिहार्य रहेको बताए ।
आजदेखि सुरु भएको शिविरमा प्रदेश २ का झन्डै एक सय युवाहरु सहभागी रहेका छन ।पर्सादेखि सप्तरीसम्म आठ जिल्लाका एक सय युवाहरुको आवास र भोजनको व्यवस्थासमेत पतञ्जलिका युवा संगठन युवा नेपाल समिति प्रदेश नं २ ले व्यवस्थापन गरेका छन् ।
३० वर्ष मुनिका युवाहरुको सहभागीतामा सात दिनसम्म चल्ने शिविरमा योगका विधि प्रयोगात्मक माध्यमले जानकारी दिइनेछ ।