मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारिलाई दोष थुपारेर आफु उम्किने प्रचण्डको प्रयास



धनगढी, २० मंसिर-

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले)ले  देश अहिलेको परिस्थितिबाट गुज्रनुमा कर्मचारिलाई दोष थुपारेका छन ।शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलन उद्घाटन  गर्दै संघीयता कार्यान्वयनमा समेत कर्मचारितन्त्रले असहयोग गरेको आरोप लगाउदै  प्रचण्ड कर्मचारिमाथी खनीएका हुन ।

उनले भभने,‘पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पथ्र्यो । तर भएन ।’प्रचण्डले राजनीतिक परिवर्तनसँगै पुरानो राज्यव्यवस्थामा काम गरेकालाई विदाई गर्न नसक्नु ठूलो कमजोरी भएको बताए ।

कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘उनै मूख्य सचिव, उनै सचिव  अनि कसरी हुन्छ परिवर्तन रु’ कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको टिप्पणी गर्दै अध्यक्षले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने बताए।

प्रचण्डको अभिब्यक्तिले  आफ्नै पार्टिको नेतृत्वमा सरकार हुँदा हुँदै ,आफै पटक पटक देशको प्रधानमन्त्री भएको ब्यक्तिले अरुलाई दोष थुपारेर आफु उम्किन मिल्ने कि नमिल्ने ? प्रश्न उब्जिएको छ ।

६२र६३को जना आन्दोलन पछडी को धेरै समय नेपालामाअ कम्युनिष्ट हरुको सरकार छ ।उदेक लाग्दो कुरा त देशको कर्मचारितन्त्रलाई अहिलेको नेकपालेनै सबै भन्दा बढी राजनितितिकरण गरेको छ ।कर्मचारिलाई आफ्नो पार्टिको सदस्यता बाड्ने राजनितिकरण गर्ने, आफुले लाभ लिएका कर्मचारिहरुलाई मात्रै माथिल्लो ठाउमा पुर्याउने, देशको प्रशासनलाई आफु अनुकुल बनाएर प्रयोग गर्ने र आफैले सबै दोष कर्मचारी माथी नै लगाउने शैलीले नै समस्या आइरहेको त होईन ? सत्तारुढ दलका नेताहरुले सोच्न जरुरी छ ।

 

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  २ : २५ बजे