काठमाडौं, २२ मंसिर –
१३ औं दक्षिण एशियाली खेलकुद सागमा पौडी खेलाडी गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छिन् । उनले महिला चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।
योसँगै १३ औं सागमा उनको स्वर्ण संख्या तीन पुगेको छ ।यो जितसगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।
आइतबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिष्पर्धामा गौरिकाले ४ मिनेट २५ .२८ सेकेन्डमा निर्धारित दूरी पार गरिन् ।
गौरिकाले एक रजत पनि जितेकी छिन् ।
तीन स्वर्ण र एक रजत जित्दै गौरिका एउटै साग खेलमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेकी छिन् ।
यसअघि एउटै सागमा दुई स्वर्ण जित्ने खेलाडी थिए ।










