काठ्माण्डौ, बिबिसिबाट
पशुपतिनाथ मन्दिर परिसरभित्र तस्बिर खिच्न नपाइने नियम छ तर पशुपतिनाथ मन्दिरभित्रको गर्भगृहस्थित मुख्य शिवलिङ्गको तस्बिर गत साता सामाजिक सञ्जालमार्फत् केही व्यक्तिहरूलाई पठाइएपछि विवाद उत्पन्न भएको छ।गत साता पशुपति सन्त सम्मेलनू नामक एउटा ह्वाट्सएप समूहमा पशुपतिनाथको मुख्य शिवलिङ्गको तस्बिर पठाइपछि विवाद सुरु भएको थियो ।
उक्त समूहको एड्मिनका रूपमा कोषमा सदस्यमा हालै नियुक्त भएका अर्जुनप्रसाद बास्तोला रहेको देखिएपछि धेरैले उनैले तस्बिर खिचेर सार्वजनिक गरेको ठाने।त्यो तस्बिर उक्त समूहमा रहेका व्यक्तिहरूले देखेपछि कतिपयले निषेधित क्षेत्रभित्र तस्बिर खिचेर गुह्य साधना गरिने स्थलको अनादर गरेको भन्दै आपत्ति जनाएका थिए।
उक्त तस्बिर पशुपति क्षेत्र विकास कोषका एक नवनियुक्त पदाधिकारी पनि सदस्य रहेको एउटा ह्वाट्सएप समूहमा प्रसार गरिएपछि कतिपयले उनलाई पशुपतिनाथको गरिमा घटाएको आरोप लगाएका छन्।उनीहरूका अनुसार उक्त समूहमा पशुपतिनाथ मन्दिर र धार्मिक सङ्घसंस्थामा आबद्ध व्यक्तिहरू रहेका छन्।
कोषका सदस्य अर्जुनप्रसाद बास्तोलाले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूलाई बदनाम गर्न केही व्यक्तिहरूले चरित्रहत्या गर्न खोजेको दाबी गरेका छन्।
मोबाइलमा प्रतिबन्ध लगाइने-
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव ढकालले भने शिवलिङ्गको तस्बिर सार्वजनिक भएको र मूर्ति स्थापना गर्न खोजेको कुराबारे छानबिन अघि बढाइएको बताए।
उनले भने, “हामीले अहिले प्रशासनिक छानबिन अघि बढाएका छौँ। जो सुकै संलग्न भएको पाइए पनि कारबाही गर्छौँ।”
ढकालले मुख्य शिवलिङ्गको तस्बिर खिचेर सामाजिक सञ्जालमा फैलाएको सार्वजनिक भएपछि आफूहरू सतर्क भएको बताए।
यस्ता घटनाबारे पहिले पनि सूचना आएकाले अब चाँडै पशुपति मन्दिरमा प्रवेश गर्नेहरूलाई भित्र मोबाइललगायत विद्युतीय उपकरण लान नदिने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए।बिबिसी नेपालिबाट-