मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेताम्य हिउँले राराताल छोपिदा (तस्बिरहरू)



काठमाडौं-

तेसै राम्रो राराताल हिउँले छोपिएर झनै सुन्दर बनेको छ ।

नेपालको अप्सरा उपनामले परिचित रारा ताल हिउँदको यो मौसममा परेको हिउँले छोपिएर झनै स्वर्ग बनेको हो । चारैतिर मनमोहक हिमाल र वरिपरि हरियाली जंगल बीचमा र सुन्दर कर्णालीको रारा तालमा शुक्रबार हिउँ परेपछि सेताम्य र थप सुन्दर बनेको हो ।

नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध रारा ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ ।

जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ ।

 

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

हिमपात संगै हिउँ पर्दा रारा तालबाट सबैभन्दा नजिक रहेको ताल्चा विमानस्थलमा अवरुद्ध भएको छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ८ : ४७ बजे