मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमपात र चट्याङले अवरुद्ध बनेको टेलिफोन सेवा पुनःसञ्चालनमा



डडेल्धुरा-

हिमपातसँगै परेको चट्याङले डडेल्धुरा लगायत सुदुर्पश्चिमका बिभिन्न क्षेत्रमा अवरुद्ध बनेको टेलिफोन सेवा पुनःसञ्चालनमा आएको छ । डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ पर्दा भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट हुँदा टेलिफोन लाइन अवरुद्ध भएको थियो ।

अवरुद्ध सञ्चार सेवा पुन सुरु भएको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटीमा सञ्चार सम्पर्क पुनःसञ्चालन आएको जानकारी दिए ।

शुक्रबार साँझदेखि आइतबार दिनभरि टेलिफोनसँगै इन्टरनेट सेवा पूर्ण अवरुद्ध हुँदा यहाँका पहाडी जिल्लामा बैंकिङ कारोबार पनि ठप्प भएको थियो ।

हिमपातले यहाँको जनजीवन भने प्रभावित बनेको छ । हिमपातसँगै बढेको चिसोले ससाना बालबालिका तथा वृद्धवृद्धमा निमोनियाँ, रुघाखोकी, दम, ज्वरोलगायत विभिन्न रोगले सताउन थालेको जोरायल गाउँपालिका ५ का प्रकाश रावलले जानकारी दिए । -रासस

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : ३१ बजे