न्यू सञ्चार,काठ्माण्डौ-
२०७६ साल पौस महिनाको राशिफल (नेपाली पात्रो बाट)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो,
प्रयत्न गर्दा यो महिनामा नयाँ काम सुरु गर्न सकिनेछ। धर्मकर्म र समाजसेवामूलक क्रियाकलापमा रुचि बढ्नेछ। केही चुनौती र अप्ठ्यारा परिस्थितिसँग भने संघर्ष गर्नुपर्ला। व्यावहारिक दायित्वको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। मान्यजनसँग मतभेद देखापर्न सक्छ। चोटपटक, अस्वस्थता र पारिवारिक असमझदारीले काममा विलम्ब हुनेछ। तापनि, परिस्थितिको संक्रमण पार गर्दै विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने व्यवसायमा बिस्तारै फाइदा हुनेछ। अवसरवादीहरूबाट सजग रहनुहोला, पारिवारिक विवाद सम्झौतामा टुंगिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
राजनीतिक र सामाजिक प्रभाव कमजोर बन्नाले यो महिना केही संघर्षमय रहनेछ। स्वास्थ्यमा कमजोरी र परिवारमा असमझदारी बढ्ने समय छ। प्रतिस्पर्धामा साथ दिनेहरू कम हुनेछन् भने आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय रहनेछन्। वैधानिक समस्याले व्यवसाय र आयमूलक काममा मन्दी आउन सक्छ। स्वास्थ्यमा कब्जियत र चोटपटकको योग देखिएकाले सजग रहनुहोला। प्रतिकूल परिस्थितिमा कामको चाप बढ्नेछ। आयआर्जनमा कमी आउनेछ र खर्च बढ्नेछ। महिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले परिस्थितिजन्य समस्या आइरहनेछन्। शुभचिन्तकहरूको सहयोगले मात्र चुनौती पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
समग्रमा यो महिना शुभफलदायी रहनेछ। व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। मित्रताको बन्धन प्रगाढ हुनेछ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने समय छ। तर, अरूका विषयमा चासो राख्ने बानीले आत्मसम्मानमा चोट पुर्याउन सक्छ, सजग रहुनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
महिना विशेष फलदायी रहनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। चुनौतीहरू स्वतः हट्नेछन्। आँटेका काम बन्नाले उत्साह जाग्नेछ। नयाँ उद्योग वा व्यवसाय प्रारम्भ गर्ने समय छ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। आँट र लगनशीलताले सफलता प्राप्त हुनेछ। वर्र्गीय हक–हितका लागि गरिएको प्रयत्नले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल गर्दै विशेष उपलब्धि प्राप्त गर्न सकिनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद आउन सक्छ। तापनि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। स्वास्थ्यमा मौसमी समस्या देखापर्नाले आँटेका काममा केही विलम्ब हुनेछ। तापनि शुभचिन्तकहरूको साथ जुट्नाले फाइदा उठाउन सकिनेछ। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ। सन्तानका माध्यमबाट पनि लाभ मिल्नेछ। तर आफन्तसँग मतभेद बढ्नाले मन अशान्त रहनेछ। परिस्थितिवश साथीभाइ टाढिनेछन्। काम बिग्रने डरले सताउन सक्छ। तापनि बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। असंयम व्यवहारले समस्या निम्त्याउनेछ। निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ। आमाको स्वास्थ्य बिग्रनाले त्यसप्रति चिन्ता बढ्नेछ। घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। तापनि, कृषि र भूमिबाट सामान्य फाइदा भइरहनेछ। साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि विशेष कामको थालनी हुन सक्छ। मेहनतले मात्र जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विभिन्न अवसर जुट्नाले यो महिना निकै लाभदायक रहनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। व्यापार तथा उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। पहिलेको कामले प्रतिष्ठा दिलाउनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। उद्योग–धन्दामा पनि सफलता प्राप्त हुनेछ। दाजुभाइबीच आत्मीयता बढ्नेछ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। लगनशीलताले सफलताको उचाइमा पुर्याउन सक्छ। कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार आउनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। शिर वा आँखाको समस्याले सताउन सक्छ। हिम्मतले काम सम्पादन हुनेछ। तर छिट्टै अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउन सक्छ। नाम चलेका व्यक्तिले धोका दिन सक्छन्। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला। प्रयत्न गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुनेछ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बहुमूल्य धातु संग्रह गर्ने योग छ। सामाजिक प्रतिष्ठा पाइनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भोगविलासमा मन रमाउनेछ। उच्च रक्तचाप, टाउको दुखाइ वा आँखाको समस्याले सताउन सक्छ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। फाइदा उठाउन परिस्थितिसँग संघर्ष गर्नुपर्ला। समयमा काम गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। आफन्तसँग असमझदारी बढ्ने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेतले सफलताको मार्ग पछ्याउन सकिनेछ। वस्त्र, भोजन वा सामान्य उपहार हातलागी हुनेछ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। तर, आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभावले सताउन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
यस महिनामा खर्चिलो काम गर्नुपर्दा धेरै रकम जुटाउनुपर्ने हुन सक्छ। केही व्यावहारिक उतारचढाव आउन सक्छन्। आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्नेछ। अप्ठ्यारो समयमा आशा देखाउनेहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ। दौडधुप र लगनशीलताले मात्र काम सम्पादन हुनेछ। शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले आँटेको काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा विदेश जाने अवसर प्राप्त हुनेछ। आफन्तजन बिनाकारण टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
ब्त्रगबचष्गकविभिन्न अवसर प्राप्त हुनाले यो महिना उत्साहवर्धक रहनेछ। नोकरी, व्यापार तथा साझेदारीमा विशेष फाइदा हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। अग्रजहरूको सहयोगले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मानसम्मान प्राप्त हुनेछ र प्रशस्तै आम्दानी बढ्नेछ। अध्ययनमा राम्रो प्रगति हुने समय छ। शत्रु परास्त हुनेछन् भने रोगबाट छुटकारा मिल्नेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। घर–गृहस्थीमा मन रमाउनेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। सबै महत्वाकांक्षा पूरा नभए पनि दिगो फाइदा हुने काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गर्दा महत्त्वाकांक्षी काम बन्न सक्छ। नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। आँटेका काममा सफलता मिल्नुका साथै नाम, दाम र इनाम हातपार्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। कृषिकर्म एवं पशुधनबाट पनि मनग्य लाभ हुनेछ। कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। समय दिन नसक्दा घर–परिवारमा भने असमझदारी बढ्न सक्छ। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहोला।