मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनचाँदीको भाउ बढ्यो, कती छ आजको मुल्य ?



काठमाडौं-

बजारमा सुन चादिको मुल्य घटबढ हुने क्रम जारी रहदा आज (सोमबार) फेरी सुनको मुल्य बढेको छ ।

आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ३ सय रुपैयाँले वृद्धि भई ७१ हजार ९ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७१ हजार ६ सय निर्धारण गरिएको छ ।

चाँदीको भाऊ पनि आज बढेको छ। आइतबार प्रतितोला ८ सय ५० रुपैयाँ रहेको चाँदी आज १० रुपियाँले बढेर ८ सय ६० रुपियाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।सुन चादिको मुल्यमा भइरहने घटबढलाई सामान्य मान्ने गरिन्छ । मुल्यमा घटबढ भए पनि कारोबार बढ्ने ब्यबसायीहरुको अपेक्षा छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ५ : ५३ बजे