मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समायोजनको बाढीले बढारेको स्वास्थ्य सेवा



ओखलढुंगा,८ मंसिर

पछिल्लो समयमा दुर्गमका स्वास्थ्य संस्थाको स्वास्थ्य सेवा प्रभावित बन्दै गएको छ । नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको कर्मचारी समायोजन पछि स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा प्रभावित बन्दै गएको हो ।

कर्मचारी समायोजनमा सुगमताले प्राथमिक्ता पाएसंगै ओखलढुंगाका प्राय सबै स्वास्थ्य संस्थाहरुमा कर्मचारी अभाव छ । “हामीलाई पर्खदा पर्खदै ज्यान जान सक्ने डर छ ।’ लिखु गाउपालिका वडा नम्बर ६ का आमा समुह सञ्जाल अध्यक्ष मृदुला भट्टराईले भनिन, ‘कर्मचारी कहिले आउछन भनेर पर्खदा हाम्रा आमा दिदी बहिनीको ज्यान गयो भने त्यस्को जिम्मा कस्ले लिने ?” मृदुला मात्र होइन अहिले गाउका धेरे आमा दिदीबहिनीहरुको प्रश्न यस्तै छ । कर्मचारी समायोजनको बाढीले सुगम भन्दा दुर्गमको स्वास्थ्य सेवालाई प्रभावित बनाएको गाम्नाङटारका स्वाथ्य चौकी प्रमुख विजय साहले बताए ।

कर्मचारी समायोजनका कारण दुरदराजका स्वास्थ्य संस्थामा कर्मचारी शुन्य हुँदा नागरिकहरु सामान्य स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । दक्ष जनशक्ति तथा औजार नहुँदा धेरैजसो वर्थीङ सेन्टरमा महिलाहरु सुत्केरी गराउन जान छाडेको लिखु गाउपालिका ७ गाम्नाङटारकी महिला स्वास्थ्य स्वयम सेवीका अलैची बस्नेतले बताइन् । उनले भनिन्,‘ कर्मचारी नहुदा हामीले अहिले घरमै सुत्केरी गराउन थालेका छौं ।’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको कर्मचारी समायोजनले कर्मचारीलाई फाइदा पुगेपनि आम नागरिक सेवा बाट बञ्चित भएको सम्बन्धित सरोकारवालाहरुले गुनासो गरेका छन् । समायोज भएर घर पाएक वा सुगममा जानेहरु पदस्थापना हुँदा २ ग्रेड र बढुवाको समय पुगेका कर्मचारीलाई स्वत एक तह बढुवाको अवसर दिने व्यवस्थाले कर्मचारीलाई फाइदा पुगेको छ । तर दुर्गममा कोही पनि जान नचाहादा नागरिकले पाउनु पर्ने अनिवार्य स्वास्थ्य सेवा पाउन नसकेको स्थानीय गोपाल भट्टाइको गुनासो छ ।

कतिपय कर्मचारी रोजेको ठाउँमा जान नपाएको गुनासो समेत गर्छन । आफुसंगै नियुक्ती लिएका साथीहरु रोजेको क्षेत्रमा गइसक्दा पनि आफुले रोजेको ठाउमा नपठाएको पोकली स्वाथ्य चौकी प्रमुख विजय साहले गुनासो पोखे । उनि भन्छन ‘मत समायोजन पिडित भए ।’

हाल ओखलढुंगाको सिद्धिचरण नगरपालिका बाहेक साट वटै स्थानीय तह अन्र्तगतका स्वास्थ्य संस्थाहरुका कर्मचारी अभाव रहेको छ । प्रत्येक स्वास्थ्य संस्था तथा यसअन्र्तगतका वर्थिङ सेन्टरहरुमा ६–७ जना कर्मचारी दरबन्दी रहेपनि कार्यालय सहयोगिले स्वास्थ्य संस्था खोल्ने र बन्द गर्ने बाहेक केही नहुँने गरेको स्थानीयहरुले बताएका छन् । स्वास्थ्य संस्थामा दक्ष महिला स्वास्थ्य कर्मी नहुँदा सुत्केरी गराउन स्वास्थ्य संस्था जाने महिलाहरुको संख्या न्यून हुादै गएको स्वास्थ्य संस्थाहरुको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १ : २९ बजे