मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा अत्याधिक चिसो : बिहानको तापक्रम तापक्रम ०.९ डिग्री सेल्सियस



काठमाडौं –

देशैभरि चिसो बढ्ने क्रम जारी छ। काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल झरेको छ आज  काठमाडौंमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी चिसो भएको छ ।

बिहान ८ः ४५ बजे गरिएको मापनमा काठमाडौंको तापक्रम शून्य दशमलब ९ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।आजै बिहान ६ः३० बजेको तापक्रम भने १ डिग्री सेल्सीयस रहेको थियो । हिजोको तापक्रम २ दशमलब ९ डिग्री सेल्सीयस रहेको थियो ।

आगामी दिनमा तापक्रम अझै घट्न सक्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज देशभरीको मौसम सामान्यतया सफा रहने जनाएको छ । बिहानको समयमा तराई क्षेत्रमा भने हुस्सु र कुहिरोको अवस्था रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाबाहिर भने जुम्लामा हिजोको तापक्रम सबैभन्दा कम माइनस ६दशमलब ५ रहेको थियो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  ५ : ३२ बजे