मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकिङ क्षेत्रमा हड्तालजन्य कार्य नगर्न/ नगराउन सर्वोच्च अदालतको आदेश



काठमाडौं, १० पौष –

बैंकिङ अत्यावश्यक क्षेत्र भित्र पर्ने भएकाले कुनैपनि बैंकिङ कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासलेयस्तोअन्तरिम आदेश जारी गरेको हो ।

नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट उपेन्द्रबहादुर कार्कीले कर्मचारी संगठन नाडेप लघुवित्तीय संस्थाको विरुद्धमा सर्वोच्च अदालतमा दायार रिटको सुनुवाइ गर्दै सर्बोच्चले आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ–‘बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो । कुनैपनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नूनगराउनू तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनैपनि बाधा, अवरोध नगर्नूनगराउनू ।’

वि .सं । २०७६ असोज २७ गते प्रकाशित राजपत्रअनुसार यस्तो अतिआवश्यक सेवामा संलग्न कर्मचारीहरुलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सन्चालन ऐन, २०१४ विपरीत भएको आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहिबार  १० : ५९ बजे