राम्ररी बुझेर मात्रै साइप्रस आउन नेपाली बिधार्थिहरुलाई जनसम्पर्क समितिको आग्रह



साइप्रस्-

नेपाली  कांग्रेस  निकट जनसम्पर्क समिति साइप्रसकी महामन्त्री सरस्वती तिमल्सिना खनालले साइप्रसमा अध्ययनरत विद्यार्थीहरुले भोग्नुपरेका विविध समस्याहरूको समाधानका लागी संबंधित निकायसम्म पुर्‍याउनका लागि प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन ।

इसाई धर्मावलम्बीहरुको चाड कृसमसको सार्वजनिक बिदाको अवसरमा साइप्रसमा अध्ययनरत विद्यार्थी तथा समाजसेवी प्रबिण बुढा मगरको सक्रियतामा आयोजना गरिएको उक्त कार्यक्रममा उनले यस्तो बताएकी हुन ।

नेपालबाट अध्ययनका सिलसिलामा आउनुहुने विद्यार्थीहरुलाई नेपाल स्थित कन्सल्टेन्सी तथा मेनपावर कम्पनीहरुले विद्यार्थीहरुबाट चर्को शुल्क असुल्दै साइप्रसको सरकारमा दर्ता नभएका बिश्वबिद्धालयहरुमा अध्ययनका लागि पठाउने गरेको र त्यस्ता बिश्वबिद्धालयहरु जतिखेर पनि बन्द हुन सक्ने,नेपाली विद्यार्थीहरुलाई अप्ठ्यारो पर्नसक्ने भएकाले साइप्रसमा अध्यन गर्न आउने विद्यार्थीहरुले आफू अध्यन गर्न जान लागेको संस्थाका बारेमा राम्रो सग बुझेर मात्रै निर्णय लिन उनले आग्रह गरिन्।

साइप्रसमा कतिपय बिश्वबिद्धालयहरुले त्यहाँ अध्ययनरत विद्यार्थीहरुका लागि अध्यन पछाडी बाकी समयमा राम्रै कामको खोजी गरिदिने तथा कतिपय बिश्वबिद्धालयहरुले विद्यार्थीहरुको बेवास्ता गर्दै त्यस्ता कामको खोजी नगर्ने र विद्यार्थीहरुलाई बस्न,खानका साथै मासिक शुल्क तिर्न घरबाट समेत रकम मगाउनु पर्ने अवस्था रहेकोले कमाउने हेतुले विद्यार्थी भिजामा नआउन समेत उनले अनुरोध गरिन ।

उक्त कार्यक्रमका बिशिस्ट अतिथि एन आर एन ए साइप्रसका महासचिव कृपा थापाले आफुले ब्यक्तिगत तर्फबाट गर्नसक्ने सम्पूर्ण कार्यहरू गर्न सदैव तत्पर हुने प्रतिबद्धता जनाउनु भयो।साथै एन आर एन ए साइप्रसका कोषाध्यक्ष अनिल भण्डारीले साइप्रस स्थित सम्पूर्ण नेपालीहरुका लागि गर्नुपर्ने सम्पूर्ण साथ,समर्थन गर्न एन आर एन ए तयार रहेको बताए ।

जनसम्पर्क समिति साइप्रसका अभिभावक तथा कानुनविद् बद्री कुमार पौडेलले पनि आफ्नो धारणा राखेका थिए भने उक्त उक्त विद्यार्थी भेटघाट कार्यक्रमका संयोजक प्रबिण बुढा मगरले सहभागी सबैलाई धन्यवाद ज्ञपन गरेका थिए ।

प्रकाशित मिति : पुस १२, २०७६ शनिबार  १ : ५३ बजे