लिभरपुल विजयी, लियो १३ अंकको अग्रता



काठमाडौं । इङ्लिश प्रिमियर लिग अन्तरगत आइतबार राती सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ। लिभरपुल ले वुल्भ्सलाई १-० गोलले पराजित गर्दै गरेको हो।

जितसँगै जारी लिगमा लिभरपुलले दोश्रो स्थानको लेस्टर सिटीसँग १३ अंकको दुरी कायम गरेको छ।

लिगमा १९ खेल खेलिसकेको लिभरपुलको ५५ अंक छ भने २० खेल खेलिसकेको लेस्टर सिटीको ४२ अंक छ।

लिभरपुलको यस जितमा साडियो मानेले खेलको ४२ औं मिनेटमा गोल गरेका हुन्।

प्रकाशित मिति : पुस १४, २०७६ सोमबार  २ : ४७ बजे