मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी-२० क्रिकेटमा बढी विकेट लिने खेलाडीको शीर्ष स्थानमा सन्दीप र करण



काठमाडौं । सन् २०१९ मा टी-२० अन्तर्राष्ट्रिय खेलमा बढी विकेट लिने खेलाडीमा नेपालका बलरद्वय सन्दीप लामिछाने र करण केसी शीर्ष स्थानमा रहेका छन् ।

बढी विकेट लिने खेलाडीको सुचिमा नेपालका सन्दीप र करणसँगै नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभर पनि शीर्ष स्थानमा रहेका छन्।

सन्दीपले १६ खेलमा २८ विकेट लिँदा करण र ग्लोभरले १९ खेलमा २८ विकेट लिएका छन्। औषतमा पनि सन्दीपको बलिङ राम्रो छ। सन्दीपले १३.७१ को औषतमा बलिङ गर्दा ग्लोबरले १६ र करणले १७ को औषतमा बलिङ गरेका थिए।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ४ : ३६ बजे