तपाइका लागी यो हप्ता कस्तो छ ? हेर्नुहोस राशिफल



काठ्माण्डौ-

२०७६ साल पौष २० गते देखी पौष २६ गते सम्मको राशिफल् ( नेपाली पात्रोबाट)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रारम्भमा रमाइलो पारिवारिक जमघट हुनेछ। ज्ञानले व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। सोमवारपछि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। बिहीवारपछि केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। अरूको बहकाउ र भौतिक साधनको कमीले अप्ठ्यारो पर्नेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। ९नेपाली पात्रो०

बृष  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

खर्च बढ्ने हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। सोमवारपछि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। पारिवारिक जमघटमा मन रमाउनेछ। चिताएका काम सम्पादन हुनेछन् र आम्दानी बढ्नेछ। अभिव्यक्ति कला र व्यक्तित्वमा निखारता आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सप्ताहान्त उत्साहवर्द्धक रहनेछ। स्रोत–साधन जुट्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। कामले धेरैलाई आकर्षित गर्न सकिनेछ। ९नेपाली पात्रो०

मिथुन  का, कि, कु, घ, ङ, छ, के, को, ह

कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानीले विभिन्न आवश्यकता पूरा हुनेछन्। तर साथसाथै धन बाहिरिनाले चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। बिहीवारदेखि आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। हिम्मत गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। व्यापार र उद्योगमा पनि मनग्य फाइदा हुनेछ। ९नेपाली पात्रो०

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

उत्तरार्धमा केही उतारचढाव आए पनि यो साता उत्साहवर्द्धक रहनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तर खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। परिश्रम परे पनि काम सम्पादन गर्न समय लाग्नेछ। सञ्चित धन खर्चनुपरे पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा आकर्षक उपहारले उत्साह जगाउनेछ। पारिवारिक जमघट र खानपानले आनन्द दिलाउनेछ। आगन्तुकले अलमल्याउने हुँदा काममा बाधा हुनेछ। ९नेपाली पात्रो०

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

भयसमयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। विभिन्न अवसर आए पनि मंगलवार र बुधवार विवादास्पद काममा अलमलिनुपर्ला। तापनि मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। कीर्तिमानी काम सम्पादन हुनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सप्ताहान्तमा देश–विदेशको यात्रा हुन सक्छ। तर, आम्दानी अरूका हातमा जानाले उत्साहमा कमी आउनेछ। ९नेपाली पात्रो०

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कमजोर शरीर लिएर कठिन काममा जुट्नुपर्ला। अरूको स्वार्थमा उपयोग भइने हुँदा व्यवहारमा सजग रहनुहोला। सोमवार साँझदेखि स्थितिमा सुधार आउनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। लगनशीलताले सम्मानित स्थान दिलाउन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। बिहीवार र शुक्रवार साइनो गाँस्नेहरूसँग अलि सावधान रहनुपर्ला। काममा केही चुनौती आउन सक्छन्। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ। प्रयत्न गर्दा लक्ष्य पूरा हुनेछ। ९नेपाली पात्रो०

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सुरुमा प्रियजनसँग भेटघाट हुनाले रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। तर खर्चको मात्रा बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। मंगलवारदेखि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको यात्रामा अग्रसर गराउनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनाले भाग्यले साथ दिनेछ र शुभचिन्तकहरू जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। सप्ताहान्तमा रोकिएको काम बन्नुका साथै नयाँ काम पनि सुरु हुनेछ। ९नेपाली पात्रो०

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ होला। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। खर्च लागे पनि विलासी वस्तुहरू जुटाउन सकिनेछ। रमाइलो यात्रा गर्ने असवर पनि प्राप्त हुनेछ। बिहीवार र शुक्रवार परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन् र चिताएको लाभ उठाउन सकिनेछ। ९नेपाली पात्रो०

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अध्ययनमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। बिहीवारदेखि यात्राको प्रक्रियामा समय र धन खर्च हुनेछ। तापनि व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि लगनशीलताले स्थिति अनुकूल बन्नेछ। मन मिल्ने साथीसँग प्रेमको गाँठो कसिन सक्छ। मिहिनेतले चिताएको काम बन्नेछ। सप्ताहान्तमा स्वास्थ्यप्रति अलि सजग रहनुहोला। ९नेपाली पात्रो०

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रारम्भमा काम बिग्रने भयले सताउन सक्छ। आफन्तजन टाढिनाले एक्लोपनाको अनुभूति हुनेछ। तर, सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुन थाल्नेछन्। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। बिहीवार र शुक्रवार आफ्ना कमजोरीबाट प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्, जोगिएर काममा जुट्नुपर्ला। फाइदाका लागि आफ्ना योजना सार्वजनिक नगर्नुहोला। सप्ताहान्तमा वादविवादबाट जोगिनुहोला। प्रियजनसँगको भेटघाटले काममा उत्साह जगाउनेछ। ९नेपाली पात्रो०

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

बीचमा केही उतारचढाव आए पनि यो सातामा पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनेछन्। विशेष अवसरले ठूलै काममा हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर छ। मंगलवार र बुधवार साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। प्रयत्न गर्दा आफन्तका माध्यमबाट लाभ उठाउन सकिनेछ। कृषि, पशुपालनमा फाइदा हुनेछ। सप्ताहान्तमा भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। आँटेको काम बन्नाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ। ९नेपाली पात्रो०

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रारम्भमा असंयम व्यवहारले यदाकदा चुनौती निम्त्याए पनि यो साता उत्साहवर्धक रहनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मानसम्मान प्राप्त हुनेछ र प्रशस्तै आम्दानी बढ्नेछ। वादविवादमा अघि नसर्नुहोला, सम्पादित कामबाट राम्रै लाभ हुनेछ। बीचमा प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। सप्ताहान्तमा बुद्धिको उपयोगले काम बन्नेछ। ९नेपाली पात्रो०

प्रकाशित मिति : पुस २०, २०७६ आईतबार  १२ : ५६ बजे