पोखरा –
माघ १ मा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको हो ।
शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले माघ १ मा सार्वजनिक बिदाबारे जानकारी दिए । गएको वर्षमा पनि प्रदेश सरकारले माघ १ मा सार्वजनिक बिदा दिएको थियो ।
माघी पर्व पवित्र नदिमा स्नान गरेर पुजा आजा गरि मनाइन्छ । घिउ, चाकु, तरुल आदि परिकार माघी मेलामा खाने गरिन्छ ।