पाकिस्तानका अलराउण्डर हाफिजले क्रिकेटबाट संन्यास लिने घोषणा



काठमाडौं । पाकिस्तानका अलराउण्डर मोहम्मद हाफिजले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। हफिजले यसै वर्ष अस्ट्रेलियामा हुने टि-ट्वान्टी विश्वकपपछि संन्यास लिने घोषणा गरेका हुन।

‘यो मेरा लागि सम्मानको कुरा हो। म टि-ट्वान्टी क्रिकेट विश्वकप खेल्न चाहन्छु अनि अन्तराष्ट्रिय क्रिकेटबाट बाहिर जानेछु’, उनले भने।

हफिज पाकिस्तानका लागि कुल ३६२ अन्तराष्ट्रिय म्याच खेलेका छन् जसमा उनले २१ शतक प्रहार गरेका छन्। १० टेस्ट र ११ वानबाट उनले यो शतक बनाएका हुन्। सन् २००३ मा उनी पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू भएका थिए। उनले ५५ अन्तराष्ट्रिय टेस्टबाट ३ हजार ६ सय ५२ रन बनाउनुका साथमा ५३ विकेट लिएका छन्। यस्तै २१८ एक दिवसीय खेल खेलेका उनले ६ हजार ६ सय १४ रन बनाएका छन्। यस संरचनामा उनले १३९ विकेट लिएका छन्।

पाकिस्तानको टि(ट्वान्टीको महत्वपुर्ण सदस्य रहँदै आएका हफिजले पाकिस्तानका लागि ८९ खेल खेलेका छन्। यसैगरी उनले पाकिस्तरानी टोलीको कप्तानीसमेत सम्हालेका छन्। ुमैले पाकिस्तानका लागि १७ वर्षसम्म खेले र आफ्नो सर्वश्रेष्ठ दिने कोशिश गरे। मैले कयौंपटक मेरो बलिङमा कमी पनि महशुस गरेु, हाफिजले आफ्नो क्रिकेट करियरको समीक्षा गर्दै भने।

उनको बलिङ शैली लगातार विवादित र शंकास्पद रह्‍यो जसका कारण उनले बलिङमा प्रतिबन्धसमेत झेल्नुपर्यो।

प्रकाशित मिति : माघ ४, २०७६ शनिबार  ३ : ०४ बजे