बिग ब्यास छाडेर सन्दीप नेपाल फर्कदै



काठमाडौं । अस्ट्रेलियाको बिग ब्यास लिग खेलरहेका सन्दीप लामिछाने स्वदेश फर्कने भएका छन् । सन्दीप नेपालको राष्ट्रिय टिमबाट खेल्नका लागि बिग ब्यास बीचमै छाडेर स्वदेश फर्कन लागेका हुन् ।

जारी सिजनमा मेलवर्न स्टार्सका लागि सन्दीपले १३ खेल खेल्दै १५ विकेट लिएका थिए । सन्दीपले शनिबार मेलवर्नबाट सिजनको १३औं खेल खेलेका थिए । जहाँ उनले १ विकेट लिँदा १६ रन मात्र खर्किएका थिए ।

नेपालले आगामी माघ २२ गतेदेखि अमेरिका र ओमानसँग कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिकोणात्मक सिरिज खेल्दैछ ।

जारी सिजनमा प्रभावकारी देखिएका सन्दीप स्वदेश फर्कने भएपछि मेलवर्नले उनको स्थानमा उत्तम बिकल्प ल्याउन सोच्नु पर्ने देखिएको छ ।

प्रकाशित मिति : माघ १२, २०७६ आईतबार  ८ : ०६ बजे