ओमानबिरुद्दको खेलमा नेपाललाइ १९८ रनको लक्ष्य



आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार बिहान सुरु भएको ओमानविरुद्धको खेलमा नेपालले १ सय ९८ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले बलिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनायो

ओमानका लागि मोहम्मद नदीमले  ६९ रन बनाए । त्यस अतिरिक्त सन्दीप गौडले ३३, मुहम्मद नसिमले २८, जसिम मकसुदले २० र अकिब इल्यासले १६ रन बनाए ।

बलिङतर्फ नेपालका सुशनले १० ओभरमा १४ रनमात्र खर्चिएर तीन विकेट लिए ।  करण केसीले चार विकेट हात पारे । दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।

१० ओभर बलिङ गरेका सन्दीप लामिछाने भने विकेटविहीन रहे ।

प्रकाशित मिति : माघ २२, २०७६ बुधबार  ७ : २१ बजे