चीनको बुहानबाट नेपालीको तत्काल उद्धार गर्न सरकारलाई मानवअधिकार आयोगको निर्देशन



कोरोना माहामारीका कारण चीनमा अलपत्र परेकाअ नेपालीहरुको तत्कालन उद्धार गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ।

आयोगले चीनको हुबेई प्रान्तमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो।यस अघी नै हुवेई प्रान्तमा रहेका १८० जना नेपालीले स्वदेश फर्किन बेइजिङस्थित नेपाली राजदूतावासमा निवेदन दिएका नेपाली हरुलाईतत्कालै उद्धार गर्न आइतबार आयोगले सरकारलाई निर्देशन दिएको हो।

सरकारले भने विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड पूरा भएपछिमात्र उद्धार गर्न सकिने बताएको छ। नेपाली सेनालाई क्वारिन्टाइनका लागि व्यवस्था गर्न भनिसकेको सरकारको भनाइ छ।

प्रकाशित मिति : माघ २६, २०७६ आईतबार  १ : ५० बजे