नेपालसग अमेरिका ३५ रनमा अल आउट, सन्दीपले लिए ६ विकेट



काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा अमेरिका नेपालसग३५ रनमै अलआउट भएको छ।

खेलको दोस्रो ओभरमै पहिलो विकेट लिएका सन्दीपले कुल ६ विकेट लिए। उनले ६ ओभरमा कए मेडनसहित १६ रन दिएर ६ विकेट लिएका हुन्।

सन्दीपलाई अर्का स्पीनर सुशान भारीलेअर्को इण्डबाट राम्रो साथ दिए। उनले आफ्नो ओभरको पहिलो बलमै विकेट लिएका थिए। उनले कुल ४ विकेट लिएर भारीको पनि यो ओडीआई करिअरकै सबैभन्दा राम्रो प्रदर्शन हो। उनले ३ ओभरमा १ मेडनसहित ५ रन दिएर ४ विकेट लिए।

आज त्रिकोणीय श्रृंखलाको अन्मित खेलमा पनि नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका हुन्। ३ देश रहेको श्रृंखलामा नेपाल ओमानसँग दुबै खेलमा पराजित भएको थियो।

अमेरिका पनि ओमानसँग दुबै खेलमा र नेपालसँग एक खेलमा पराजित भइसकेको छ। खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी छ।

प्रकाशित मिति : माघ २९, २०७६ बुधबार  ४ : ५९ बजे