प्रहरीद्वारा रौतहटमा गोली हानेर एकजना पक्राउ



रौतहटमा प्रहरीले गोली हानेर एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका व्यक्ति तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मी (अभय सिंह) रहेका छन् ।रौतहटको चन्द्रनिगाहपुर गजलसहियाबाट कुर्मीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनी रौतहट मौलापुरका भएको बताइएको छ ।उनलाई गएराति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली चलाएको थियो ।प्रहरीले चलाएको दुईवटा गोली उनको खुट्टामा लागेको थियो ।

उनको अहिले स्थानीय अस्पताल उपचार भइरहेको प्रहरी प्रवक्ता डीआईजी सैलेश थापाले जानकारी दिए ।डीआईजी थापाका अनुसार कुर्मी फरार अभियुक्त हुन् ।

प्रकाशित मिति : फाल्गुन ७, २०७६ बुधबार  ६ : ०१ बजे