मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेलमा जागिर खान इच्छुक हुनुहुन्छ ? रेल बिभागले माग्यो २६ जना कर्मचारी



रेल विभागले २६ जना कर्मचारी माग गरेको छ।

जयनगरदेखि जनकपुरको कुर्थासम्म संचालन हुने रेल भारतको चन्नईमा बनिसकेको र उक्त रेल सञ्चालन गर्नका लागी क र्म चारी नभएको भ न्दै विभागले माग गरेको हो ।जनाएको छ। विभागले शुक्रबार सार्वजनिक सूचनामार्फत विभिन्न ९ पदको लागि आवेदन मागेको हो। योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने विभागले जनाएको छ।  विभागले नेपाली नागरिकले मात्रै आवेदन दिन पाउने गरि सूचना निकालेको छ। सुरुमा १५ दिनभित्र आवेदन नपरेमा पुनः सूचना प्रकाशित गरी विदेशी कामदारको भर्ना विभागको तयारी रहेको छ।

विभागले निकालेको सूचनामा सिनियर सेक्सनल इन्जिनियर सिग्लनिङ १ जना, स्नातक तह उत्तिर्ण गरी रेल्वे स्टेशन मास्टरको रुपमा ५ वर्ष काम गरेको अनुभव भएका ८ जना स्टेशन म्यानेजर मागेको छ।तेस्तै  एकजना चिफ पावर कन्टोलर र चिफ लोको इन्स्पेक्टरको पनि आवेदन खुलाएको छ। चिफ पावर कन्टोलरको लागि रेल चालकको लाइसेन्स लिएको, ५ वर्ष रेल चलाएको र ५ वर्ष पावर कन्टोलरको अनुभव भएको हुनुपर्ने  छ। यसैगरी चिफ लोको इन्सपेक्टरको लागि ५ वर्ष लोको इन्स्पेक्टर भइ काम गरेको अनुभव चाहिने छ।

विभागले ३ जना मेकानिकको माग गरेको छ। साधारण लेखपढ गर्न सक्ने तथा ब्रोडगेज रेल्वेमा ५ वर्ष पोइन्टस मेनको रुपमा काम गरेको ३ जनाले पनि पोइन्टस मेन पदको लागि आवेदन दिन सकिने विभागले निकालेको सूचनामा उल्लेख गरिएको छ।

अन्य विभिन्न पदका लागि पनि कर्मचारी माग गरिएको छ।

भारतको चेन्नाइमा रेल निर्माण भइसक्दा पनि कर्मचारी नियुक्त गर्न नसक्दा रेल संचालन हुन नसकेको ब ताइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ८ : २२ बजे