मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुटु चोरी भएको उजुरी जब प्रहरीमा पुगेपछि…



काठमाडौं । भारतको नागपुरका एकजना युवकले आफ्नो मुटु चोरी भएको उजुरी प्रहरीमा दिएका छन् । युवतीले मुटु चोरेर फरार भएको भन्दै खोजेर ल्याइदिन माग गर्दै युवक प्रहरीमा उजुरी लिएर पुगेका हुन् ।

उनको अनौठो किसिमको उजुरी सुनेर चौकीका प्रहरीहरु अचम्मित बने । मुटु चोरी भएको उजुरी परेपछि प्रहरीले यस विषयमा के गर्ने भन्ने सुझावका लागि माथिल्ला अधिकारीहरुसँग सम्पर्कसमेत गरे । युवाले प्रहरी अधिकारीसँग अनौपचारिक कुरा गर्दै समस्याको समाधान गरिदिनुपर्ने माग गरेका थिए । प्रहरीका उच्च अधिकारीहरुले यस्तो प्रकारको मुद्धाको विषयमा भारतीय कानुनमा कुनै पनि प्रावधान नभएको भन्दै युवालाई घर फर्केर जान आग्रह गरे।

चोरी भएको एक लाख तीस हजार बराबरको सामान फिर्ता गर्न आयोजित एक कार्यक्रममा यस्तो अनौठो घटनाको बारेमा जानकारी गराइएको हो । नागपुरका प्रहरी आयुक्त भुषणकुमार उपाध्यायले घटनाका बारेमा बताएका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : १९ बजे