कम्रेड यो के तमासा हो ? कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा



सत्तारूढ नेकपाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि माधवकुमार नेपालको संयोजकत्वमा शनिबार कमिटी गठन गरेकोप्रती कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो के तमासा हो कम्रेडहरु ? भनि प्रश्न उठाएका छन ।

प्रबक्ता शर्माले ट्वीटर मार्फत उक्त प्रश्न गर्दै गम्भीर राष्ट्रिय विमर्शविना एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन तयारी गर्न नहुने समेत बताएका हुन्।

मधेसले माग्दा संविधान संशोधन नहुने जनजाति दलित,थारुले माग्दा संविधान संशोधन नहुने तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन गर्ने ? ट्विटर मार्फत प्रबक्ता शर्माले प्रश्न गरेका छन ।

सत्तारूढ नेकपाले बरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि शनिबार मात्र कमिटी गठन गरेको छ ।कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा सदस्य रहेका छन् । उक्त कार्यदलले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ ।

नेकपाको उक्त निर्णयप्रती अहिले नागरिक स्तरमा समेत आलोचना शुरु भएको छ ।

 

प्रकाशित मिति : फाल्गुन ११, २०७६ आईतबार  २ : ३९ बजे