भ्रष्टाचारको विरोध गर्दा प्रभु साहलाई नेकपाले कारबाही गर्ने



अख्तियारको निश्पक्षता बारे प्रश्न उठाउदा नेपाल कम्युनिष्ट पार्टी सत्तारुढ नेकपाले उक्त दलका प्रदेश २ अध्यक्ष प्रभू साहलाई कार्वाही गर्ने भएको छ ।

अख्तियारको निश्पक्षता बारे प्रश्न उठाउदै बालुवाटार प्रकरणमा प्रधानमन्त्री किन नतानिने ?’ भनेर प्रश्न उठाएपछि उनिमाथी कार्बाही हुने भएको हो ।गत शनिबार बसेको नेकपा सचिवालय बैठकले साहसँग स्पस्टीकरण माग गरेको हो । साहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रीया ब्यक्त गर्दै अख्तियारको निश्पक्षता बारे प्रश्न उठाएका थिए ।

‘ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद छ’ अध्यक्ष साहले सामाजिक संजाल फेसबुकमा लेखेका थिए, “प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष, यो कहाँको न्याय हो ?”उनले फेसबुकमा टिप्पणी गरेकाअ थिए ।

उनलाई स्पष्टिकरण सोध्ने निर्णय गर्नेमा सचिवालयका सबै नेता एकमत देखिएका छन् ।

प्रकाशित मिति : फाल्गुन १३, २०७६ मंगलबार  ७ : ४५ बजे