आईसीसी टेस्ट सिरिजमा न्युजिल्यान्डले भारतमाथि क्लिन स्विप गरेको छ ।
सोमबार भएको टेस्ट सिरिजमा न्युजिल्यान्डले भारतलाई ६ विकेटले पराजित गर्दै न्युजिल्यान्डले २–० को जित निकालेको हो । यसअघि पहिलो टेष्टमा भारत न्युजिल्यान्डलाई १० विकेटले पराजित भएको थियो ।
भारतले दिएको १३२ रनको न्युजिल्यान्डले तीन विकेट गुमाएर पूरा गरेको थियो । यसअघि भारतले दोस्रो इनिङ्समा १२४ रन जोड्दा अलआउट भएपछि न्युजिल्यान्डले सामान्य लक्ष्य पाएको थियो । भारतका लागि चेतेश्वर पुजाराले सर्वाधिक २४ रन बनाएका थिए ।
न्युजिल्यान्डका ट्रेण्ड बोल्डले सर्वाधिक चार विकेट विकेट लिए । भारत पहिलो इनिङ्समा २४२ रनमा अलआउट भएको थियो । भारतका लागि हनुमा बिहारीले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।










