मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाँजा विधेयक प्रतिनिधि सभामा दर्ता : गाजा खुल्ला गर्न नेकपा सांसदको माग



पूर्वकानुनमन्त्री एबम नेकपा सांसद शेरबहादुर तामाङले गाँजासम्बन्धी  विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् ।तामाङले दर्ता गराएको ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय गुण हुने भएकाले यसमा प्रतिबन्ध लगाउन नहुने उल्लेख छ ।

विधेयक दर्ता गरेपछि आफ्नो धारणा राख्दै सांसद तमाङले गाँजा खेतीलाई खुल्ला गरेमा विदेसिएका नेपाली स्वदेश फर्कने र विदेशमा गाँजा निर्यात गरी मुलुकको आयआर्जन बढाउन सकिने बताए।

उनले गाँजा बहुउपयोगी बनस्पति भएको भन्दै नेपालमा गाँजा खेतिलाई कसूर नहुने व्यवस्था गरी नियन्त्रित गाँजा खेति गर्ने व्यवस्था गर्न आवश्यक रहेकाले यो विधेयक दर्ता गरेको जाकारी दिएका छन्। नेपालमा खेती गरिने गाँजा अन्य मुलुकको भन्दा उच्च स्तरको रहेको मान्यता रही आएको तामाङको दाबी छ।

गाँजा खेतीमा लगाइएको प्रतिवन्ध फुकुवा भएमा यो आर्थिक समृद्धिको आधार हुने सांसद तामाङले बताए । गाँजा निर्यात गरी आयआर्जन बढाउन सकिने उनको भनाइ छ । उनले गाँजाको प्रतिवन्ध फुकुवा भएमा ८० प्रतिशत युवा विदेशबाट स्वदेश फर्किने दाबीसमेत गरे ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ७ : ३१ बजे